चन्द्रागिरिमा भीभीआइपीहरूको लाइन !

Thankot Times

थानकोट ।

राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित संघ र सातै प्रदेशका सभामुखहरु आज चन्द्रागिरिमा भेला भएका छन् । संसद सचिवालयले राखेको ‘संघीय संसद र प्रदेशसभाको अनुभव आदान–प्रदानका लागि अन्तरक्रिया कार्यक्रम’ मा सहभागी हुन उहाँहरु चन्द्रागिरि आउनुभएको हो ।

दुवै तहका संसदका नेताहरुलाई एक ठाउँमा जुटाएर अपरान्हपछि अन्तरक्रिया थालेको हो । कार्यक्रम साढे ४ बजेदेखि शुरु भएको छ ।

अन्तरक्रियामा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप–सभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र सातै प्रदेशसभाका सभामुख र उपसभामुखको उपस्थिति छ ।

साथै, दुवै तहका संसद सचिवालयका कर्मचारीहरु पनि चन्द्रागिरि उक्लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *