एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन
थानकोट ।
श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ ।
कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।
पाकिस्तानले दिएको तीन सय ५३ रनको विजय लक्ष्य पछ्याएको भारत ४० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रनमा समेटियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६१ रन बनाएपनि अन्य ब्याट्सम्यानहरूले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन्
भारतका कप्तान यश धुलले ३९, ओपनर साई सुदर्शनले २९ र रियान परागले १४ रन बनाए । बलिङमा पाकिस्तानका सोफियान मुकिमले तीन तथा मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले समाना दुई-दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रन बनाएको थियो । पाकिस्तानका लागि तैयव ताहिरले एक सय आठ रनको शतकीय इनिङ्स खेले।
सहबाज फरहामले ६५ र सैब अयबले ५९ रनकोअर्धशतकीय इनिङ्स खेलेका थथिए । यसैगरी मुबासिर खान र ओमिर समान युसुफले ३५/३५ रन बनाए । बलिङमा भारतका रियान पराग र राजवर्धन हङ्गेरकरले दुई दुई तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले एक एक विकेट लिए ।
पाकिस्तान लगातार दोस्रो पटक उपाधि जितेको हो ।
यसअघि पाकिस्तान सन् २०१९ मा पनि च्याम्पियन बनेको थियो। यस प्रतियोगितामा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।













