यू-१६ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल बंगलादेशसँग
थानकोट ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना गर्ने यु-१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेश सँग खेल्नेछ ।
उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ ।
जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् ।
सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।














