चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवार जरिवानामा परे (सूचीसहित)
थानकोट ।
निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
सो सूचीमा काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवार तथा यस क्षेत्रका प्रदेशका निर्वाचित सांसद्समेत जरिवानामा परेका छन् ।
को को परे जरिवानामा सूची हेराैंः












