काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो १५ हजार जरिवाना

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा सदस्यतर्फ काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई समेत निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ ।

१८ जना उम्मेदवारले मंसिर ४ मा सम्पन्न संघीय सदस्य निर्वाचनमा दाबी पेश गरेकोमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले बाजी मार्नुभएको थियो ।

काठमाण्डाै क्षेत्र नं. १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको सानदार ह्याट्रिक

को को छन् काठमाडाैं क्षेत्र नं. १० मा निर्वाचन आयोगको जरिवाना तिर्नुपर्ने सूचीमा ?

यसैगरी प्रतिनिधि सभा सदस्यतर्फ काठमाडाैं क्षेत्र नं. ९ का १२ जना उम्मेदवारलाई समेत निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ ।

को को छन् निर्वाचन आयोगकाे जरिवाना तिर्नुपर्ने सूचीमा ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *