फिफा महिला विश्वकप मै फिलिपिन्सको पहिलो जित, घरेलु टोली न्युजील्याण्ड १-० ले स्तब्ध
थानकोट ।
फिलिपिन्सले फिफा महिला विश्वकपमा पहिलो जित निकालेको छ । पहिलो पटक विश्वकपमा छनोट भएको फिलिपिन्सले मंगलबार सम्पन्न खेलमा सह-आयोजक रहेको न्युजिल्यान्डविरुद्ध १-० को जित निकालेको हो ।
न्युजिल्यान्डको वेलिङटन क्षेत्रीय रंगशालामा भएको खेलमा फिलिपिन्सलाई ऐतिहासिक जित दिलाउन सरिना बोल्डेनले गरेको गोल निर्णायक बन्यो । बोल्डेनले २४औँ मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रतामा राखेकी थिइन् ।
जितसँगै तीन अंक जोडेको फिलिपिन्स समूह ‘ए’ को तेस्रो स्थानमा छ । यसअघि फिलिपिन्स पहिलो खेलमा स्वीट्जरल्यान्डसँग २-० ले पराजित भएको थियो ।
हारका बावजुद समूहमा तीन अंक जोडेको न्युजिल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा नर्वेविरुद्ध १-० को जित निकालेको थियो ।













