थानकोट क्षेत्रसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

थानकोट लगायतका क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *