३ हजारको सामान किनेकी सन्तमायालाई १० लाखको चिठ्ठा

Thankot Times

थानकोट ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत १६ देखि ३१ असोजसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ ।

आइतबार काठमाडाैंमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेकी हुन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी हुन् । नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन् । सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो ।

त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् ।

सरकारले बिलबिजक लिनेदिने संस्कृतिलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो ।

एक सय रुपैयाँभन्दा बढीका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *