आईसीसी क्रिकेट विश्वकप लिग-२: श्रृङ्खलाको अन्तिम खेलमा नेपाल १० रनले विजयी

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ।

सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।

नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८० रन बनाएको थियो। जवाफमा ओमानले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि लक्ष्य भेट्टाउन सकेन।

नेपालले १० रनको रोमाञ्चक जित निकाल्दै लिग–२ को अन्तिम खेल सुखद बनाएको छ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान दिए। उनले ८१ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए भने देव खनालले ५७ रनको अर्धशतकीय पारी खेले।

इशान पाण्डेले २९ रन जोड्दा अन्य ब्याटरबाट उल्लेखनीय योगदान हुन सकेन। नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

ओमानका लागि शाह फैसलले सर्वाधिक ४ विकेट लिए। उनले नेपाली ब्याटरलाई दबाबमा राख्ने प्रयास गरे पनि नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो।

२८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो। ओमानले अन्तिमसम्म जितका लागि संघर्ष गरे पनि नेपालका बलरले लक्ष्यसम्म पुग्न दिएनन्।

यस जितसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण सफलता हात पारेको छ। लिग–२ मा शीर्ष चार स्थानमा रहँदै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना यसअघि नै समाप्त भइसकेको थियो। तर, शीर्ष छमा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यका लागि नेपाललाई यो जित महत्त्वपूर्ण बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ