नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बस्ने बैठकले यही साउन १७ गते सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने पार्टी सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सो बैठकले तयार गरेका केही एजेन्डा अन्य केही थप गरेर आज अन्तिम रुप दिन लागिएको बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *