६ वर्षमा बागमती प्रदेश सरकारको ९४ अर्ब बढी बजेट फ्रिज
थानकोट ।
बागमती प्रदेश सरकारको ६ वर्षको अवधिमा जम्मा ९४ अर्ब ३२ करोड ८८ लाख १९ हजार रुपैयाँ फ्रिज भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७४-०७५ देखि यता ६ वटा आर्थिक वर्षमा ल्याएको बजेटको ३६ प्रतिशत फ्रिज भएको हो ।
६ वटा आर्थिक वर्षमा गरी प्रदेश सरकारले हालसम्म २ खर्ब ६४ अर्ब ४४ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जसमध्ये १ खर्ब ७० अर्ब ११ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने ९४ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ फ्रिज भएको छ ।
बागतमी प्रदेश सरकार गठन भइ काम सुरु गरेको यो छैटौं वर्ष हो ।
प्रदेश सरकारले हरेक आर्थिक वर्षमा प्रदेशको विकास निर्माणका लागि बजेट सार्वजनिक गर्ने गरेको छ । जस अनुसार प्रदेश सरकारले हालसम्म ६ वटा बजेट ल्याएको छ । ६ मध्ये ५ वटा बजेट प्रदेश सरकानर आफैले ल्याएको छ भने सुरुवाती वर्ष प्रदेश सरकारलाई केन्द्रीय सरकारले बजेट उपलब्ध गराएको थियो ।












