कालिखोलामा पहिरो झरेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध
थानकोट।
पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।
तस्बिरः निरोज गुरूङ












