इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले लिए सन्यास
थानकोट ।
इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले आफ्नो क्रिकेट करिअरबाट सन्यास लिएका छन् ।
घरेलु मैदान द ओभलमा जारी अष्ट्रेलियाविरुद्धको द एसेजको पाँचौ टेस्टको तेस्रो दिन ब्रोडले सन्यास घोषणा गरेका हुन् ।
ब्रोड इंग्ल्यान्ड क्रिकेटका एक सर्वाधिक सष्फल बलर हुन् । सन् २००७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टेस्टमा डेब्यू गरेका उनले १ सय ६६ खेलमा ६ सय विकेट लिएका छन् ।
उनी विश्व टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक विकेट लिने पाँचौं बलर हुन् । सो क्रममा उनले ३ हजार ६४७ रन पनि बनाएका छन् ।
ब्रोडले २००६ मा कार्डिफमा पाकिस्तानविरुद्ध टि२० अन्तर्राष्ट्रियमा इङ्ल्यान्डमा डेब्यु गरेका थिए । ब्रोडलाई २००७ को टि२० विश्वकपमा भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । पछि उनी टेस्ट क्रिकेटमा जमे ।













