कार्यकारी निर्देशकका लागि सामाजिक सुरक्षा कोषले माग्यो दरखास्त
थानकोट ।
सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकमा पदपूर्तिमा लागि आवेदन आह्वान गरेको छ ।
सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरिएको हो ।
शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने कोषले जनाएको छ ।












