केही पहाडी भू-भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

देशका हिमाली तथा केही पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही क्षेत्रमा भने राति तथा बिहानपख हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो देशका हिमाली भू–भागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार राति हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले मौसमको अवस्थाबारे जानकारी राख्न तथा वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ