कांग्रेसको विशेष आन्तरिक अभियानः सबै जिल्लामा खटिए प्रतिनिधि, काठमाडाैंमा सहमहामन्त्री आङ्दम्बे
थानकोट ।
सत्तारूढ दल नेपाली कांग्रेसले विशेष आन्तरिक अभियान अन्तर्गत साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
यस अघि साउन २ देखि १० गतेसम्मको केन्द्रीय समिति बैठकले आन्तरिक अभियान अन्तर्गत प्रतिनिधि खटाउने निर्णय गरेको थियो ।
उनीहरूले जिल्लाका विभिन्न स्थानमा गई कार्यक्रम गर्ने तथा पार्टीको वस्तुस्थितिबारे बुझ्नेछन् ।
प्राप्त विवरणहरू अनुसार काठमाडाैंका सबै १० वटा निर्वाचन क्षेत्रमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे खटिने भएका छन् ।












