त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई अध्यक्षबाट प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवार सहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो ।
यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो ।
अध्यक्षको अध्यक्षता एवं कम्पनी सचिव झलकराज शर्माबाट कार्यक्रमको संचालन गरिएको यस कार्यक्रममा कम्पनीका महाप्रवन्धकबाट स्वागत मन्तव्य दिनुका साथै संचालक समितिका सदस्यहरुले शुभकामना मन्तव्य दिएका थिए ।
कम्पनीका अध्यक्षबाट उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिदै यस पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको यस चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई पहिलो रोजाई स्थल हुने गरि सेवा प्रदान गर्नुहुन अनुरोध गर्दे कम्पनीमा कार्यरत कर्मचारीहरुले कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने नै छ भन्ने विश्वासका साथ कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।














