दिनको २५० रुपैयाँमा फोहोर संकलनको काम गर्ने महिलाहरूले जिते १० करोडको चिट्ठा

Thankot Times

थानकोट ।

फोहोर संकलन गरेर प्रतिदिन करिब २५० भारतीय रुपैयाँ कमाउने महिलाहरूले १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् ।

दक्षिणी भारतीय राज्य केरलाका ११ महिला सरसफाइ कर्मचारीले १२ लाख अमेरिकी डलरको चिठ्ठा पुरस्कार जितेका हुन्।

वर्षौंदेखि गरिबी झेल्दै आएका यी महिलाले २५० रुपैयाँको उक्त चिट्ठा किन्न पैसा संकलन गरेका थिए । जितेको यो पैसा सबै महिलाले बाँड्ने भएका छन् ।

महिलाहरू केरलाको मलाप्पुरम जिल्लाको परप्पानंगाडी सहरका हुन् ।

उनीहरूले घर-घरबाट नकुहिने फोहोर संकलन गर्ने काम गर्छन् । उनीहरूको तलबले दैनिक जीविका चलाउन समेत कठिन हुने गरेको छ । चिट्ठाको टिकट किन्न महिलाहरूले कहिले काहीँ पैसा जम्मा गर्ने गरेका थिए ।

गत महिना यी महिलाहरूले मनसुन बम्पर पुरस्कार चिट्ठाको टिकट किन्ने निर्णय गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *