मातातीर्थ सब-स्टेशन सञ्चालनार्थ ४ हजार १ सय ७२ वटा रूख काट्न मन्त्रीपरिषद्को स्वीकृति

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार वन तथा वातावरण मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ-माल्टा ३३ केे.भि प्रसारण लाइन आयोजनाको टावरप्याड र राइट अफ वे को निर्माणको लागि काठमाडाैं, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन र वनक्षेत्रको कूल जम्मा २४.६७०२५ हेक्टर जग्गा २० वर्षसम्म प्रयोग गर्न दिन स्वीकृति दिइएको छ ।

यसै गरी सो आयोजना सञ्चालनार्थ ती वन क्षेत्रमा रहेका ४ हजार १ सय ७२ वटा रूखहरू हटाउन समेत मन्त्रीपरिषद् बैठकले स्वीकृति दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णयहरू यस्ता छन्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *