फिफा विश्वकप फुटबलः मोरक्को अन्तिम १६ मा, नेदरल्यान्ड्स पेनाल्टी सूट-आउटमा स्तब्ध

Thankot Times

थानकोट ।

मोरक्को फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार बिहान भएको खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा २–३ गोल अन्तरले हराउँदै मोरक्को प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।

खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो गोल गरेको थियो ।

नेदरल्यान्ड्सका कोडी गाक्पले गोल गरेर १–० गोलको अग्रता दिलाए पनि इन्जुरी समयमा गोल गरेर मोरक्कोले खेल बराबरीमा ल्याएको थियो । खेललाई बराबरीमा ल्याउन मोरक्कोका इस्सा डीओपले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उक्त गोलपछि बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको थियो । तर, अतिरिक्त समयमा पनि गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा गोल मोरक्को २–३ गोल अन्तरले विजयी भयो ।

विजेता मोरक्कोले प्रि–क्वार्टरफाइनलमा क्यानडासँग खेल्नेछ ।      


Leave a Reply

Your email address will not be published. Required fields are marked *