नागढुंगा सुरूङमार्गको पश्चिम क्षेत्रमा स्थायी संरचना निर्माणार्थ जग्गा अधिग्रहण गर्न मन्त्री परिषद्को स्वीकृति

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माण अायोजनाको पश्चिम खण्डको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाको लागि धादिङ जिल्लाको साबिक नाैबिसे गाविस वडा नं. ४ को ४२१.९६ वर्गमिटर जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति एेन, २०३४ को दफा ३ बमोजीम स्वीकृति दिइएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णयहरू यस्ता छन्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *