प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

Thankot Times

थानकोट । 

संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । 

आगामी शनिबारबाट सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त हुँदैछ ।

न्यायाधीश श्रेष्ठले २०६२ सालमा पुनरावेदन अदालत बाग्लुङ र त्यसपछि पुनरावेदन अदालत पाटन, पोखरामा न्यायाधीशको रूपमा विभिन्न समयमा र कार्यवहाक मुख्य न्यायाधीशको रूपमा पोखरा तथा मुख्य न्यायाधीशको रूपमा हेटौँडा पुनरावेदन अदालतमा काम गरिसकेका छन् ।

श्रेष्ठ २०७३ साउन १७ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा न्यायाधीशको भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *