कीर्तिपुरमा १८ वर्षीय किशोरले पाँचतल्ले घरको छतबाट हामफाल्न खोजेपछि….

Thankot Times

थानकोट ।

कीर्तिपुरमा शुक्रबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब ३ घण्टाको प्रयासपछि एक युवालाई नियन्त्रणमा लिएको छ ।

स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यका अनुसार जाजरकाेट स्थायी घर भएका १८ वर्षिय एक किशोरले घरकाे पाँच तल्लामाथिबाट फाल हाल्न खाेजेपछि अवस्था तनावग्रस्त भएको थियो ।

स्थानीय  ज्ञानबहादुर महर्जनकाे घरको पाँचाै तल्लामा पुगेका ती किशोरले उनकी प्रेमिकासँगको विवादका कारण सो हतकण्डा अपनाएको बताइएको छ ।

प्रहरीले अपरान्ह ४ः२० बजे ती किशोरलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरेको छ ।

तस्बिरः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *