एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

Thankot Times

थानकोट ।

एएफसी कपको क्वालिफायर  खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।

भुटानको पारो एफसीको टोली आज बिहान रोयल भुटान एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । उनीहरूलाई विमानस्थलमै स्वागत गरिएको छ ।

पारो एफसीले यही अगष्ट ८ मा नेपालको मच्छिन्द्र क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यो खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले यसखेलको लागि टिकटिङ अधिकार खरिद गरेको छ । खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *