विद्यालय, क्याम्पस व्यवस्थापन समितिमा हुने दलगत चुनावमा भाग लिने नीति छैनः रास्वपा

Thankot Times

थानकोट ।

जनता क्याम्पस इटहरीको व्यवस्थापन समितिमा पार्टीलाई पनि निर्वाचनमा सामेल गराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नगर सदस्य हिरामणि घिमिरेलाई सचेत गराएको छ।

सार्वजनिक रूपमा बन्ने व्यवस्थापन, उपभोक्ता र सुधार समितिहरूमा दलगत रूमा हुने चुनावमा रास्वपाले भाग नलिने नीतिविपरीत सहभागी भएको पाएपछि रास्वपाले सचेत गराएको हो।

गत बिहीबार जनता क्याम्पसको व्यवस्थापन समितिमा दलहरूको सहमतिमा साझा उम्मेदवार तयार गरेको भन्दै घिमिरेले भोट हाल्न अपिल जारी गरेका थिए।

रास्वपाले मौखिक स्पष्टीकरण सोधेको र घिमिरेले पार्टीको नाम जोड्नु गल्ती भएको भन्दै आत्मालोचना गरेको एक नेताले बताए।

रास्वपाका महामन्त्री मुकुल ढकालले पनि मन्दिर, विद्यालय, क्याम्पस व्यवस्थापन, उपभोक्ता र टोल सुधार समिति आदिमा दलगत रूपमा हुने चुनावमा भाग लिने नीति नरहेको बताए।

‘स्वतन्त्र रूपमा कोही लड्छ भनेर त्यसलाई रोक्ने कुरा आएन। तर, क्याम्पसमा हुने स्ववियू निर्वाचन, उपभोक्ता समिति, विद्यालय, क्याम्पस व्यवस्थापन आदिको चुनावमा पार्टीका तर्फबाट हामी सहभागी हुँदैनौं। मत पनि हाल्दैनौं,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *