६ खेलाडीलाई विशेष प्रशिक्षणका लागि भारत पठाउने क्रिकेट संघको निर्णय

Thankot Times

थानकोट । 

नेपाल क्रिकेट संघ (क्यान) ले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाइएको घोषणा गरेको छ ।

क्यानले शनिबार जनाए अनुसार ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाईनेछ ।

ति ६ खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन् ।

त्यस्तै विनोद भण्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन् ।

स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादव सो मौका पाएका छन् ।

उनीहरु अभ्यासका लागि दिल्ली गएका छन् । यि ६ खेलाडी प्रदिप साहु अन्तर्गत रहेर प्रशिक्षण गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *