नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

Thankot Times

थानकोट ।

सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । 

गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ-आफनो धारणा राखिसकेका छन् । हिजो शनिबारको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफनो धारणा राखेका थिए ।  

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *