काठमाण्डौको तारकेश्वरमा भीषण पहिरो : बाबुछोरीको ज्यान गयो, आमाछोरा घाइते

Thankot Times

थानकोट ।

काठमाण्डौको तारकेश्वर नगरपालिका-३  चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते हुनुभएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *