देशकै दोश्रो सुरुङ मार्ग नागढुंगा सुरूङ मार्गको पहिलो सुरूङ खन्ने काम आज दिउँसो सकिँदै

Thankot Times

थानकोट । 

नागढुंगा-नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’ हुँदैछ ।

०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’को सोमबार खनिसकिनेछ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आएपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए ।

साढे २ किलोमिटर लम्बाई रहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ ।

२ दशमलव ६ किलोमिटर लम्बाई रहेको मुख्य सुरुङको ५०६ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *