ग्लोबल टी-२०: उपाधी दीपेन्द्र सम्मिलित मोन्टेरियललाई, सन्दिप सम्मिलित सर्रे जगुअर्स पराजित
थानकोट ।
ग्लोबल टी-२० क्यानडाको उपाधि मोन्टेरियल टाइगर्सले जितेको छ ।
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
जगुअर्सले दिएको १३१ रनको लक्ष्य समान पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो ।
टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए ।
फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे । दीपेन्द्रले पहिलो पटक कुनै अन्तर्राष्ट्रिय लिग खेलेका थिए ।













