नागढुंगा-सिस्नेखोला सुरुङको रेस्क्यु टनेल छिचोलियो
थानकोट ।
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक सुरुङ (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार अपरान्ह सो रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन्। सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको पनि उपस्थिति रहेको थियो ।
सडक विभागको वैदेशिक महाशाखाका प्रमुख विजय जैसीका अनुसार आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन्। त्यसमा मुख्य टनेलको भने पाँच सय ६ मिटर खण्ड खन्न बाँकी छ।
आगामी अप्रिल ०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ। तर, त्यस अवधिमा आयोजनाको निर्माण कार्य नसकिने बताइएको छ।













