संसदीय समितिको नेतृत्व टुंगियो, रास्वपा र राप्रपा हेरेको हेर्यै

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीनवटा संसदीय समितिको नेतृत्व पाएको छ ।

प्रतिपक्षमा नै रहेको संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने भागबन्डाको प्रक्रियाबाटै बाहिर परेका छन् ।

०७४ सालमा एमाले संसद्को सबैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्वमा थियो । दोस्रो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा थियो । त्यसबेला पनि अहिले एमालेले जस्तै संसदीय समितिमा कांग्रेसले भाग नखोजेको हैन् । तर, त्यतिबेला एमालेले संविधान निर्माणका क्रममा सहमतिको राजनीति आवश्यक भएकाले संसदीय समितिमा भागबन्डा भएको तर अब त्यो चरण समाप्त भएको तर्क गरेको थियो । उसले सत्ता सहयात्री नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)लाई भागबन्डामा सहभागी गरायो । तर, कांग्रेसलाई प्रतिपक्षले पाउने सार्वजनिक लेखा समितिमा सीमित गरेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *