नेपाल र म्यानमारले दुई मैत्रीपूर्ण फुटबल खेल्ने
थानकोट ।
फिफा विश्वकप सन् २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
विश्व कप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्नेछ ।













