ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा पस्यो बाढी
थानकोट ।
अविरल वर्षापछि ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा मनोहरा खोलाको बाढी पसेको छ ।
कार्यालय हाताभित्र पानी पस्दा केही शैक्षिक सामग्रीमा क्षति पुगेको एमालेले जनाएको छ ।
बाढीका कारण सडक हिलाम्मे भएको छ ।
बाढीका कारण मंगलबार मध्याह्नसम्म सो क्षेत्रमा सवारी आवागमत समेत प्रभावित भएको थियो ।
यस्तै, काठमाडौंको थापाथलीस्थित राजपेपर कन्सर्नमा बाढी पस्दा लाखौँ रुपैयाँको क्षति भएको छ ।













