फरार रहेका ३५ वर्षीय दिनेश थानकोटबाट समातिएसँगै प्रहरीले गर्यो यस्तो अनुरोध
थानकोट ।
नेपाल प्रहरीले बैंकिङ कसुरमा फरार रहेका प्रतिवादीलाई मंगलबार थानकोटबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडाैं महानगरपालिका १ भाटभटेनीस्थित राधादेवी ग्रुप इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक दोलखा जिल्ला मेलुङ गाउँपालिका १ घर भएका दिनेश कोईराला पक्राउ परेका हुन् ।
उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनि विभिन्न बैंकहरुको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटि दिई पिडितहरुको रकम समेत फिर्ता नगरी फरार गरेको आरोप छ ।
प्रहरीक अनुसार चेक बाउन्सको उजुरी परेपछि खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले कोइराला थानकोटबाट प्रकाउ परेका हुन् ।
उनी विरूद्ध बैंकिङ कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साथै, प्रहरीले पक्राउ परेका दिनेश कोइरालाबाट कोही व्यक्तिहरु ठगिएको भएमा जिल्ला प्रहरी परिसर काठमाण्डौमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।














