आज दुवै सदनको बैठक बस्दै
थानकोट ।
नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।
संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग गर्दै आएको छ ।
यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :

यसैगरी राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ ।
यस्तो छ आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची :













