आज देशैभर वर्षा
थानकोट ।
थानकोटसहित देशैभर अहिले भारी वर्षा भइरहेको छ। दिउँसो देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।












