नेपाली महिला क्रिकेट टोलीले अगष्ट २२ देखि २६ सम्म ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने

Thankot Times

थानकोट ।

 नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी-२० क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्राे खेल अगष्ट २५ मा मलेसियासँग खेल्नछ ।

वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोबिनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *