थानकोटसहित देशभर क्षेत्रमा भीषण वर्षा, पहिरोको जोखिम कायमै, अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

Thankot Times

थानकोट । 

थानकोटसहित देशका अधिकांश क्षेत्रमा आइतबार बिहानैबाट वर्षा जारी छ । 

मुग्लिन-नारायणगढ सडकखण्डमा वर्षा भइरहेको छ । पहिरोको जोखिम पनि कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले सो सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । कार्यालयले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

“मुग्लिन-नारायणगढ सडक : यातायात संचालनमा रहेको जानकारी गराउँछौं । वर्षा भइरहेको छ पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,”  कार्यालयले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

पहिरो खसेर सडकखण्ड अवरुद्ध हुँदै आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *