नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ