फिफा महिला विश्वकपः अष्ट्रेलिया, स्वीडेन, स्पेन र इंग्ल्याण्ड सेमीफाइनलमा

Thankot Times

थानकोट । 

ओसियाना मुलुक न्यूजील्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ । 

साबिक उपविजेता नेदरल्यान्ड्सविरुद्ध २-१ को जित निकाल्दै फिफा महिला विश्वकपमा स्पेनले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ । अब फाइलन प्रवेशका लागि स्पेनले स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी इंग्ल्यान्डले कोलम्बियालाई २-१ ले हराउँदै अन्तिम-४ मा स्थान बनाएको छ । उसले अब फाइनल प्रवेशका लागि घरेलु टोली अष्ट्रेलियाको सामना गर्नेछ । 

अस्ट्रेलियाले क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

अस्ट्रेलियाले फ्रान्सलाई ‘सडन डेथ’मा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो जहाँ घरेलु टोली  ७–६ ले विजयी भयो ।

यसैगरी जापानको चुनाैति २-१ ले पन्छाउँदै स्वीडेन पनि सेमीफाइनलमा स्थान बनाउन सफल रह्यो । 

सेमीफाइनल खेलहरू मंगलबार र बुधबार हुनेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *