हेटाैंडा जाँदै गरेको सुमो दुर्घटना, ९ जना यात्रु घाइते
थानकोट ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटनामा पर्दा ९ जना यात्रु घाइते भएका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा आइतबार दिउँसो ना १ ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुमो चालक सहित अन्य ८ जना घाइते भएको बताइएको छ ।
दुर्घटनामा घाइते हुनेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गाडीको ब्रेक फेल हुँदा सो दुर्घटना भएको बताइएको छ ।
तस्बिरः आश बहादुर भ्लोन












