हज यात्राका लागि आवेदन खुल्यो (सूचनासहित)
थानकोट ।
नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ ।
सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १ हजार २ सय जना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ ।
आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आग्रह गरेको छ ।
आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले जनाएको छ ।
गोरखापत्रमा प्रकाशित सूचना हेराैंः












