गुर्जुधारामा बसले स्कुटरलाई ठक्कर दिएपछि…

Thankot Times

थानकोट ।

कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत गुर्जुधारामा बसले स्कुटरलाई ठक्कर दिएको छ ।

झमझम पानी परिरहेका बेला मंगलबार दिउँसो क.प्र. ०२ ००१ ख ०७५० नम्बरको यात्रु बसले बागमती प्रदेश ०२-०१५-प १०६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । 

दुर्घटनामा स्कुटर चालक घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

घाइते स्कुटर चालकको अवस्था सामान्य रहेको बताइएको छ । गाडीको ठक्करबाट स्कुटरमा पनि क्षति पुगेको छ ।

पछिल्लो समय कलंकी-नागढुंगा सडक खण्डमा सडक दुर्घटनाका घटनामा वृद्धि भइरहेको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *