चन्द्रागिरिका मेयरसहित नेपालका १५ मेयर र ८ उपमेयर हैदरावादमा ढल व्यवस्थापन पढ्दै
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित नेपालका १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् ।
नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ ।
दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको लागि मेयरहरु गत आइतबार भारत गएका थिए ।
नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी २३ वटा नगरपालिकाबाट प्रतिनिधित्व हुनेगरी अध्ययनको लागि गएका हुन् ।
‘यसलाई स्यानी टुर भनिएको छ, स्यानिटेसनसम्बन्धी अध्ययन गर्ने भएकोले स्यानी टुर भनिएको हो’, देवकोटाले भने । नेपालबाट जाने जनप्रतिनिधिको सबै खर्च, टिकट आस्कीले नै व्यहारेको देवकोटाले बताए । आस्कीले यस अगाडि प्रदेश राजधानीसहित अन्य शहरहरुका जनप्रतिनिधिहरुलाई पनि लेदोजन्य फोहोर व्यवस्थापनको लागि कक्षा सञ्चालन गरेको थियो ।
सोमबारदेखि सुरु भएको कक्षा भदाै २ गते शनिबारसम्म जारी रहनेछ ।
को को छन् हैदरावादमा ढल व्यवस्थापन सम्बन्धी अध्ययन टोलीमाः













