फिफा महिला विश्वकपः इङल्याण्ड र स्पेनको विश्वकप उपाधि भिडन्त
थानकोट।
इङ्ल्याण्ड र स्पेन जारी फिफा महिला विश्वकपको फाइनलमा भिड्ने तय भएको छ ।
बुधबार अष्ट्रेलियाको सिड्नीमा सम्पन्न दोस्रो सेमिफाइनलमा इङल्याण्डले सह-आयोजक घरेलु टोली अष्ट्रेलियालाई ३-१ ले हराउँदै स्पेनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
स्टेडियम अष्ट्रेलियामा भएको खेलको ३६औं मिनटमा इला टुनेको गोलबाट इङल्याण्डले खेलमा अग्रता बनाएको थियो । इङ्ल्याण्डले पहिलो हाफसम्म त्यो अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ६३औं मिनटमा अष्ट्रेलियन स्टार साम केरले घरेलु टोलीका लागि बराबरी गोल फर्काईन् ।
तर लगते ७१औं मिनटमा लाउरेन हेम्पले इङ्ल्याण्डलाई दोस्रोपटक खेलमा अग्रता दिलाईन् । त्यस्तै ८६औं मिनटमा एलेसिया रुसोले इङ्ल्याण्डका लागि तेस्रो गोल गर्दै इङ्लिस टोलीको जित सुनिश्चित गरिन् ।
इङ्ल्याण्डले २० अगस्त आइतबारका दिन स्पेनसँग सिड्नीमा फाइनल खेल्नेछ । त्यस्तै त्यसको एक दिन अघि ब्रिसबेनमा स्वीडेन र अष्ट्रेलिया तेस्रो स्थानका लागि प्ले अफ म्याच खेल्नेछन् ।













