चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफस्कुन उत्कृष्ट व्यवस्थापक सम्मान

Thankot Times

थानकोट ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) ले प्रदान गर्ने वर्ष उत्कृष्ट व्यवस्थापक पुरस्कार चन्द्रागिरि नगरपालिका-७ थानकोट महादेवस्थानमा मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्राप्त गर्नुभएको छ। 

बिहीबार नेफस्कुनको ३६औ दिवसका अवसरमा आयोजित विशेष समारोहका बीच चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सो पुरस्कारबाट सम्मानित हुनु हुने घोषणा गरिएको हो । 

देशका ५६ वटा साकोसका प्रमुख कार्यकारी अधिकृतबाट सो पुरस्कारका लागि आवेदन पेश भएको थियो । जसमध्ये चन्द्रागिरि साकोसका सिइयो श्रेष्ठले सो पुरस्कार प्राप्त गर्नुभएको बताइएको छ । पुरस्कार भने नेफस्कुनको आगामी पुस महिनामा हुने साधारणसभामा वितरण हुने सो क्रममा जानकारी दिइयो । 

वर्ष उत्कृष्ठ व्यवस्थापक पुरस्कारबाट सम्मानित हुनु हुने श्रेष्ठ २३ वर्षदेखी सहकारी क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

यसै गरी नेफस्कुन सर्वोत्कृष्ठ वर्ष साकोस पुरस्कार ज्ञानज्योती महिला उत्थान साकोस तथा चण्डेश्वरी साकोस बनेपाले प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *