मोबाइल चार्ज गरिहाल्नुस्, आज चन्द्रागिरि नगरका यी क्षेत्रमा दिनभर विद्युत सेवा अवरूद्ध रहनेछ
थानकोट ।
आज शनिबार चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानसहित काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ के.भी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न स्युचाटार सबस्टेसनको विद्यमान १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
चन्द्रागिरि नगर क्षेत्रमा बलम्बु, ढुंगेअड्डा, नैकाप, सतुगंल बोसिगाउँ, न्यू डायमण्ड, पुरानो नैकाप, फुटबल मैदान, सिर्जना चोक, इन्द्रस्थन, गुर्जुधारा, हाइभिजन कोलोनी लगायतका स्थानमा शनिबार बिहान१० बजेदखी ३ बजेसम्म विद्युत सेवा अवरूद्ध हुनेछ ।
चन्द्रागिरिका विभिन्न क्षेत्रसहित काठमाडाैंका यी क्षेत्रमा हुँदैछ विद्युत अवरुद्ध













