चोभारमा चालकहरूको लापसे जाँच, ३ जना चालक प्रहरी नियन्त्रणमा
थानकोट ।
थानकोट ।
कीर्तिपुरस्थित चोभारमा हिजो शुक्रबार ट्राफिक प्रहरीको अग्रसरतामा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना १ ज १८७१ नम्बरका सुमो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ पदमपोखरीका २६ वर्षीय विनोद पुलामी मगर, ना १ ज ३६२५ नम्बरको सुमो चालक स्याङ्जाको भिरकोट नगरपालिका ८ का २५ वर्षीय प्रितम गुरुङ र प्रदेश ३-०२-००२ प ६९२० नम्बरका मोटरसाइकल चालक ललितपुरको मंगलबजारका ३७ वर्षीय सुमन नकर्मीलाई नियन्त्रणमा लिइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा ल्याइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त टोलीले हिजो २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नु ट्राफिक प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।
२० वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए । यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।











