गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउँदै ट्राफिक प्रहरी

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने गाडी राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउने अभियान सञ्चालन थालेको छ ।

गाडीमा राखिएका कपडाको झल्लर, डोरी र रिबन तथा स्टिकरका कारण दुर्घटना हुने भएकाले हटाउनको लागि अभियान थालिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गाडीमा यस्ता वस्तु भएमा हटाउन तथा अनावश्यक लेखिएका कुरा र स्टिकर हटाउन कार्यालयले आग्रह गरेको छ ।

गाडीमा नियम विपरीत माथि उल्लेखित सामग्री राखेको तथा टाँसेको पाइएमा कानुन बमोजिम कारबाही गरी सचेत गराउने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *